राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको छ।
प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन् । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट छलफल हुने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज (मंगलबार) उनीहरूबीच जेनजी आन्दोलनपछि पहिलोपल्ट सामुहिक छलफल हुनेछ ।
राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा प्रधनमन्त्री कार्कीलाई पनि बोलाएका छन् । राष्ट्रपति सचिवालयले दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा कार्कीलाई पनि बोलाइएको पुष्टि गरेको छ ।
तर, राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की तथा पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस