Like us!
Follow us!
Connect us!
Watch us!

भोलि बस्दैछ ग्लोबल आइएमई बैंकको साधारणसभा,लाभांश प्रस्ताव पारित हुने

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १४ : ०५ मा प्रकाशित

भोलि बस्दैछ ग्लोबल आइएमई बैंकको साधारणसभा,लाभांश प्रस्ताव पारित हुने

 ग्लोबल आइएमई बैंक लिमिटेडको साधारणसभा भोलि कात्तिक २६ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। बैंकको उन्नाइसौं वार्षिक साधारणसभा भोलि बिहान १० बजे बस्नेछ । 

उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत)  सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने,लेखापरीक्षक प्रतिवेदन सहितको गत आर्थिक वर्ष (आव) को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्नेछ। साथै बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेड समेतको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। बैंकको प्रबन्धपत्र/नियमावलीमा व्यवसायिक उद्देश्यहरू थप वा संशोधन गर्ने र सोमा नियमनकारी निकायहरूबाट थप सुझाव वा संशोधन गर्ने निर्देशन भएमा सोही बमोजिम गर्ने गरी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गरिसकेकाे थियाे । यसकाे अर्थ कात्तिक १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको