Like us!
Follow us!
Connect us!
Watch us!

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १५ : ५७ मा प्रकाशित

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सरुवा गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

उपसचिव दरबन्दीमा रहेका स्थानीय तहहरूमध्ये बाह्रबिसे नगरपालिका र लेटाङ नगरपालिका समावेश छन्। यस्तै, उपसचिवकै दरबन्दीमा रहेका भीमेश्वर नगरपालिका, मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा कार्यरत जिल्ला समन्वय अधिकृतहरूको पनि सरुवा गरिएको छ। अधिकृत दरबन्दीमा रहेका स्थानीय तहहरूमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीकै दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका र मेधाङ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको समेत सरुवा भएको छ।

त्यस्तै, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, र रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको पनि सरुवा गरिएको छ। यससँगै जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतहरूको समेत सरुवा भएको मन्त्रालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको