नेपाल स्काउट शुद्धीकरण अभियान र नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले स्काउटभित्र रहेको आर्थिक अनियमितता, विकृति र विसंगतिलाई समिति गठन गरेर छानविन गर्नुपर्ने माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्दै स्काउट शुद्धीकरण अभियान र संघर्ष समितिले युवा तथा खेलकुद मन्त्रालयले महालेखका प्रतिनिधि, अख्तियारका प्रतिनिधि, आन्दोलनरत संस्थाका प्रतिनिधि र स्काउटका प्रतिनिधि राखेर छानविन समिति बनाउन माग गरेको हो ।
नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीले स्काउटभित्रका बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध आफूहरु निरन्तर आन्दोलनरत रहेको बताए । संयोजक अधिकारीका अनुसार तत्कालीन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पालादेखि नै आन्दोलन जारी रहेको छ ।


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस