नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको ७ औँ फेण्डसिप लन्च हाइक सम्पन्न भएको छ। विश्व स्काउट स्कार्फ डेको अवसरमा आयोजित उक्त कार्यक्रम काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गीताञ्जली स्कुल बाट सुरु गरी भक्तपुरको निलबाराहीमा बिभिन्न बिद्यालयका स्काउट सदस्यहरुका साथमा सम्पन्न गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त उपस्थित भएका थिए। उनले स्काउटिङ्ग मार्फत बालबालिकामा अनुशासन र आत्मनिर्भरता विकास गर्न यस्ता कार्यक्रमको ठूलो महत्व रहेको बताए। त्यसैगरी नेपाल स्काउटका पूर्व राष्ट्रिय तदर्थ समिति सदस्य देवदुत अधिकारीको समेत विशेष उपस्थिति रहेको थियो।
भक्तपुरको निलबाराहीमा सम्पन्न कार्यक्रममा स्काउटमा आबद्ध बालबालिकाहरुलाई व्यवहारिक ज्ञान सिकाउन विविध साहसिक खेलहरू संचालन गरिएको थियो। साथै, स्काउटहरुले दाउरामा खाना पकाउने अभ्यास समेत गरेका थिए।
कार्यक्रमका प्रशिक्षक विदुर गिरीका अनुसार बालबालिकालाई माटोसँगको सामिप्यता बढाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। साथै, उनले विद्यालयका स्काउटहरुलाई अनुशासन र “आफ्नो काम आफैं गर्नु पर्छ” भन्ने भावना विकास गराउन पनि यस्तो कार्यक्रमको महत्व रहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस