Like us!
Follow us!
Connect us!
Watch us!

पवित्र सामाजिक संस्था भित्रको अपवित्र काम, निर्वाचितलाई हटाएर मनपरी निर्णयका भरमा चल्दै नेपाल स्काउट

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १५ : २२ मा प्रकाशित

पवित्र सामाजिक संस्था भित्रको अपवित्र काम, निर्वाचितलाई हटाएर मनपरी निर्णयका भरमा चल्दै नेपाल स्काउट

विश्वमा स्काउटको शुरुवात सन् १९०७ मा बेलायतबाट भएको हो । यसका संस्थापक (प्रवर्तक) रोबर्ट स्टेफेन्सन स्मिथ बेडेन पावेल हुन् । उनलाई वेडेन पावेल बढी चिनिन्छ । वेडेन पावेलाइ एकाउटको पिता भनेर निचिन्छ । उनले युद्धको समयमा कम भन्दा कम जनशक्तिबाट कसरी धेरै काम निकाल्न सकिन्छ भनेर स्थापना गरेको यो संस्था अहिले विश्वभर नै सहयोग र उद्धारका लागि प्रख्यात छ । 

नेपालमा पनि नेपाल स्काउटले बाढी पहिरो लगायतका विपतका समयमा उद्धारमा अग्रभागमा रहेर काम गर्दै आएको छ । त्यो पनि विना कुनै स्वार्थ । अहिलेको समयमा कुने सामान्य काम गर्नका लागि पनि केही न केही फाइदा हेरेर मात्रै काम गर्ने गरिन्छ । यस्तो अवस्थामा निस्वार्थ रुपमा सामाजिक काममा लाग्ने संस्था नेपाल स्काउटमा पछिल्लो समय निकै किचलो रहेको छ ।  नेपाल स्काउटले बालबालिकाहरुलाई आत्मनिभर हुने देखि विभिन्न साहासीक खेलका विषयमा पनि जानकारी दिदै आएको छ । यस्तो संस्थामा अमियमितता र बेथितिले गर्दा अहिले त्यसको शुद्धकरणको लागि भन्दै अभियान्ताहरुले आवाज उठाइरहेका छन् । नेपाल स्काउटमा आवद्ध हुन पाउनु नै आफैमा गर्भको विषय भए पनि अहिले जुन रुपमा त्यहाँ भित्रको अनियमितता बाहिर आइरहेको छ त्यसले भर्खरै विद्यालयमा अध्ययन गर्दै स्काउटमा आबद्ध भएका बालबालिकाहरुलाई कस्तो असर गर्ला ? यस तर्फ सबैको ध्यान जान जरुरी छ । 

नेपाल स्टकाउटमा अवस्था यतिसम्म पुगेको छ कि अनियमिताताको विषयमा आमरण अनसन समेत बस्नु पर्ने अवस्था सिर्जना भयो । अभियान्ताहरुले अनसरन बसेर आफ्नो ज्यान नै दिन तयार भए पछि खेलकुद मन्त्रीले नै आश्वासन दिएर उक्त अनसर तोडाएका थिए । तर, अहिले संस्थाभित्र राजीनामा दिने, स्वीकृति नुहने, अर्को नियुक्तिका लागि प्रक्रिया सुरु गर्ने, नियम भन्दा बाहिरको पदहरु सिर्जना गरेर संस्थालाई थप दायित्व सिर्जना गर्ने काम भइरहेको अभियान्ताहरुको भनाइ छ । 

लामो समयदेखि तदर्थ समितिबाट नै काम हुँदै आएको नेपाल स्काउटमा निर्वाचनबाट आएको नेतृत्वलाई हटाएर मन्त्रीले नै नियुक्त गरेको प्रमुख आयुक्तबाट संस्था संञ्चालन भइरहेको छ । निर्वाचनबाट आएको राष्ट्रिय परिषद्हरुकै अघि महेन्द्रराज रञ्जितलाई प्रमुख आयुक्त बनाइएको थियो । पछि फेरि मन्त्रीले रञ्जितलाई हटाएर नयाँ प्रमुख आयुक्त नियुक्त गरे । देश भरबाट आएको राष्ट्रिय परिषद् सदस्यहरुको बैठक नै नराखेर तत्कालिन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले देराज घिमिरेलाई प्रमुख आयुक्तमा नियुक्त गरेका थिए । घिमिरे मन्त्री चौधरीको लगानी रहेको नाइटिङगेल स्कुलका स्काउट शिक्षक हुन् । 

त्यस्तै प्रमुख आयुक्त र निर्देशकको मिलेमतोमा नेपाल स्काउट भित्र अनियमितता भइरहेको महेन्द्रराज रञ्जितको भनाइ छ । उनले आफ्ना कागजात लुकाएर प्रमाण नपुगेको भन्दै हटाएको आरोप लगाए । उनले कानुनमा नै नभएको कानुनी सल्लाकार देखि सञ्चार सल्लाकार नियुक्ति गर्ने देखि कर्मचारीका नाममा पेस्की झिकेर विदेश भ्रमण गर्ने गरिएको आरोप लगाए ।  अनसनमा बसेका अभियान्ताहरुको अनसन तोडाउनका लागि गरिएको समहतिमा छानविन समित बनाउने भनिएको थियो । समिति पनि बन्यो । त्यसले प्रतिवेदन पनि दियो । तर, उक्त प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक नभएको अभियान्ताहरुको भनाइ छ । स्काउटमा भएको अनियमिततालाई रोकेर संस्थालाई पारदर्शि रुपमा सञ्चालन गर्नु पर्ने अभियान्ताहरुको भनाइ छ । 

पहिलेको सरकारले केही नगरेको भए पनि जेनजी सरकारले यस्तो अनियमिततालाई रोक्न सक्नु पर्ने नेपाल स्काउट शुद्धिकरण अभियानका संयोजक देवदुत अधिकारीको भनाइ छ । उनले अहिलेको सरकार भ्रष्टाचारीलाई कारबाही गर्नु पर्छ भनेर निर्माण भएको भन्दै स्काउटमा भएको अनियमितता रोक्नु सक्नु पर्ने बताए । लामो समय संस्थामा बसेर जुका झै संस्थालाई चुसेर अहिले राजीनामा दिएको भरमा कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको भनाइ छ । 

कार्यालयमा आर्थिक अपचलन हुने गरेको र आफ्नालाई पोस्नका लागि विना प्रतिस्पर्धा ठेक्का दिने कामसमेत हुने गरेको अभियान्ताहरुको भनाइ छ । नेपाल स्काउटका तत्कालीन निर्देशक रामप्रसाद भट्टराईको राजीनामा स्वीकृत भइसकेपछि पनि संस्थामा उनी हाबी रहेको संयोजक अधिकारीले बताए । संयोजक अधिकारीका अनुसार पूर्व निर्देशक भट्टराईले हालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पटक–पटक भेटेर आफ्नो प्रभाव र दवाब कायम राख्न खोजेका छन् । पूर्व निर्देशक भट्टराईविरुद्ध अख्यिारमा आर्थिक अनियमितताको मुद्दा विचाराधीन रहेको पनि संयोजक अधिकारीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको