नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपीमा बनाउने निर्णय गरेको हो । आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि कात्तिक बुधबार सकिएर उनी अनिवार्य अवकाशमा गएका छन्।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् । ०८२ वैशाख १५ मा एआईजीमा बढुवा भएका कार्की ६ महिनामै सर्वोच्च प्रहरी नेतृत्वमा पुगेका हुन्। कार्की २०६६ मंसिरमा डीएसपी, २०७४ साउनमा एसपी, २०७९ साउनमा एसएसपी, २०८१ कात्तिकमा डीआईजी र २०८२ वैशाखमा एआईजीमा बढुवा भएका थिए।
कार्की उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख थिए। जेन–जी आन्दोलनपछि अस्तव्यस्त भएको उपत्यकाको कमाण्ड सम्हाल्न उनले २४ भदौमा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस