Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओली सर्वसम्मत अध्यक्ष बन्नेमा शंका छैन - खगराज अधिकारी

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, १२ : १९ मा प्रकाशित

केपी ओली सर्वसम्मत अध्यक्ष बन्नेमा शंका छैन - खगराज अधिकारी

नेकपा एमालेका नेता खगराज अधिकारीले आगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनेमा कुनै शंका नरहेको बताएका छन् ।

बिहीबार धनगढीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले ओली नै सर्वसम्मत अध्यक्ष बन्ने कुरामा शंका नभएको स्पष्ट पारेका हुन् ।

उनले सर्वसम्मत अध्यक्ष नहुने अवस्था आए पनि स्वस्थ प्रतिस्पर्धा हुने उल्लेख गर्दै त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताए । अधिकारीले भने, ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन । त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन । सबैलाई आकलन गरेर वर्तमान नेतृत्वलाई निरन्तरता दिन्छ ।’

असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको आरोप लगाउँदै अधिकारीले नेकपा एमाले चुनावसँग नडराएको दाबी गरे । उनले ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक लुटिएको अवस्थामा भयरहित वातावरण बनाउन सरकार असफल भएको पनि बताए । उनका अनुसार अहिलेको अवस्थामा नेकपा एमाले डराएर होइन आवश्यक परिस्थितिले सडकमा आएको हो ।

एमाले छाडेर मातृभूमि अभियान चलाइरहेका नेता भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि पनि एमालेले कुनै क्षति व्यहोर्न नपर्ने अधिकारीको दाबी छ । उनले सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको विषयलाई लिएर जेनजी पुस्ताले २३ भदौमा गरेको शान्तिपूर्ण आन्दोलन हाइज्याक भएको पनि बताए । उनका अनुसार असंवैधानिक बाटोबाट संविधानले कल्पना नै नगरेको सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बनेर युवाका माग हाइज्याक गर्ने र मुलुकलाई कमजोर बनाउने खेल भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको