नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९ प्रतिशतले हुन आउने ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशतले हुन आउने १८ लाख ३८ हजार ८२६.३० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी लाभांश सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस