साताको कारोबार हुने पहिलो दिन आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकै दिन सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । अघिल्लो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ३ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस