Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफको पहिलो त्रैमास - नाफासँगै बढ्यो आम्दानी, बीमाकोष २१ अर्ब नजिक

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, ११ : ४४ मा प्रकाशित

सानिमा रिलायन्स लाइफको पहिलो त्रैमास - नाफासँगै बढ्यो आम्दानी, बीमाकोष २१ अर्ब नजिक

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण  प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति देखिएको हो।

कम्पनीले गत आवको असोज मसान्तसम्म १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने चालू आवको सोही अवधिसम्म १२.५३ प्रतिशतले वृद्धि भई नाफा १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, गत आवको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवको तीन महिनामा यो रकम १८.५२ प्रतिशतले बढ्दै १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ९ करोड ४८ लाख रुपैयाँबाट ७.४१ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँमा पुगेको छ। त्यस्तै, कुल खर्च पनि १ अर्ब ९६ करोड २५ लाख रुपैयाँबाट ७.०७ प्रतिशत वृद्धिसहित २ अर्ब १० करोड १३ लाख रुपैयाँ माथि पुगेको छ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले ४६ करोड ५१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेकोमा चालू आवमा यो १४ प्रतिशतले घटेर ३९ करोड ९७ लाख रुपैयाँमा झरेको छ। यद्यपि, अभिकर्तालाई प्रदान गरिने कमिशन भने १५ करोड रुपैयाँबाट १४ प्रतिशतले बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ।

५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ तथा जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ सञ्चित छ। प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १०.७४ रुपैयाँबाट वृद्धि भई ११.९३ रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको