सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो ८ औं वार्षिक साधारणसभा भोलि चैत ८ गते गर्दैछ । सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सानिमा रिलायन्स लाइफले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ । बोनस सेयरको लागि कर भने आफै तिर्न पर्ने कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । यता, बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २६ गते एक दिनका लागि बुकक्लोज गरेकाले फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस