Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोपावरका लाखौँ सेयर पुसमा खुल्दै! कसलाई कति अनलक हुँदैछ?

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, ०९ : ०५ मा प्रकाशित

बाराही हाइड्रोपावरका लाखौँ सेयर पुसमा खुल्दै! कसलाई कति अनलक हुँदैछ?

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ठूलो हिस्सा लक–इनमा रहेका सेयर आगामी पुस १ गतेबाट मुक्त हुने भएका छन्। कम्पनीका विभिन्न समूहका सेयर मिलाएर कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुने तयारीमा छन्।

कम्पनीका संस्थापक समूह, कर्मचारी तथा आयोजनाबाट प्रभावित स्थानीयका नाममा सुरक्षित गरिएका सेयरको लक–इन अवधि यही पुसदेखि समाप्त हुँदैछ।
अनलक हुन लागेको सेयरको विवरण यसप्रकार छ:

संस्थापक समूहका १८ लाख कित्ता,
कर्मचारीका लागि सुरक्षित ११ हजार ८० कित्ता,
आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएका १ लाख ४६ हजार कित्ता सेयर पुसदेखि कारोबारयोग्य बन्नेछन्।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरको कुल २५ लाख कित्ता सेयर दर्ता छ।
कम्पनीले विसं २०७९ मंसिर २१ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

साधारण लगानीकर्ताले पाएको उक्त आईपीओ २०७९ पुस ३ गते बाँडफाँड भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको