Like us!
Follow us!
Connect us!
Watch us!

सालपा विकास बैंकले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, पुस १६ बाट आवेदन खुला

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, ०९ : २६ मा प्रकाशित

सालपा विकास बैंकले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, पुस १६ बाट आवेदन खुला

सालपा विकास बैंक लिमिटेडले प्राथमिक सेयर निष्कासनको अर्को चरणअन्तर्गत पुस १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गर्ने भएको छ। यस चरणमा बैंकले सर्वसाधारण समूहलाई १४ लाख ३९ हजार १ सय ७९ कित्ता सेयर बिक्रीमा ल्याउने तयारी गरेको छ।

लगानीकर्ताले उक्त आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म माग गर्न पाइने व्यवस्था गरिएको छ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

यसअघि बैंकले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको आईपीओ निष्कासन सम्पन्न गरी बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते सालपा विकास बैंकलाई आईपीओ निष्कासनको औपचारिक स्वीकृति दिएको थियो। बोर्डको अनुमतिअनुसार बैंकले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता सेयर निष्कासन गर्न पाउनेछ।

बैंकले गत वैशाख २३ गते धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको