Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको साधारणसभा पुस ४ गते, के के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०८२, ०७ : ३७ मा प्रकाशित

आशा लघुवित्तको साधारणसभा पुस ४ गते, के के छन् एजेण्डा ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गतेका लागि ९ औँ साधारणसभा बोलाएको हो । 

उक्त सभा धुलिखेलस्थित होटल अरनिकोमा दिउँसो २ बजेदेखि सुरु हुने छ । सभाले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको