Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सद्वारा हिमाल कलेज अफ म्यानेजमेन्ट क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १२ : ०३ मा प्रकाशित

समृद्धि फाइनान्सद्वारा हिमाल कलेज अफ म्यानेजमेन्ट क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले  हिमाल कलेज अफ म्यानेजमेन्ट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। मध्यवर्ती स्तर र बीबीए प्रथम सेमेस्टरका ३० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रम समृद्धि फाइनान्सका शाखा प्रबन्धक दीपक कुमार  श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बीएफआईहरूको कार्यक्षेत्र, रोजगारीका अवसरहरू, बैंक वर्गीकरण तथा सहकारीबीचको भिन्नता जस्ता विषयहरूमा विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरियो। साथै, वित्तीय क्षेत्रमा उपलब्ध अवसरहरूबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो।

विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्त जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल राष्ट्र बैंकबाट “ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको