नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा प्ले अफ प्रवेशको लागि महत्वपूर्ण खेल शुक्रबार लुम्बिनी लायन्स र डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सबीच हुँदैछ।
टीयू मैदानमा हुने खेलको नतिजाले शीर्ष चार टिमको आकार निर्धारण गर्नेछ। लुम्बिनी विजयी भए शीर्ष चारमा आफ्नो स्थान सुरक्षित गर्छ भने, जनकपुरले जितेमा लुम्बिनी, पोखरा एभेन्जर्स र चितवन राइनोज पनि शीर्ष चारमा पर्न सक्नेछन्।
हाल लुम्बिनी छ खेलमा छ अंकसहित चौथो स्थानमा छ भने जनकपुर पाँच खेलबाट दुई अंकसहित तालिकामा अन्तिम स्थानमा छ। खेलको रोमाञ्चक परिस्थितिमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस