Like us!
Follow us!
Connect us!
Watch us!

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

अर्थ संसार

आइतबार, २१ मंसिर २०८२, १० : २० मा प्रकाशित

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’ समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको समेत उनले बताइन् । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको भन्दै उनले मिडिया र पत्रकार को हो भन्ने मोडमा रहेको उनले बताइन् । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनले सुनाइन् ।

पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले उनले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन् । पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको छ र सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको