आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलाको ५० रुपैयाँले महंगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा झरेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँका दरले खरीद–बिक्री भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस