Like us!
Follow us!
Connect us!
Watch us!

सनुको मूल्य बढ्यो, चाँदीको घट्दा कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, २२ मंसिर २०८२, १० : ४८ मा प्रकाशित

सनुको मूल्य बढ्यो, चाँदीको घट्दा कतिमा हुँदैछ कारोबार ?

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सनुको मूल्य तोलाको ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ६०५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको