Like us!
Follow us!
Connect us!
Watch us!

चार वटा फर्मलाई जरिवानासहित कारबाही

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, ११ : ०८ मा प्रकाशित

चार वटा फर्मलाई जरिवानासहित कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन र निरीक्षणका क्रममा चार वटा उद्योग र फर्मलाई कारबाही गरेको छ। विभागले मध्यपुरथिमीस्थित न्यानो नेपाली सिरक उद्योगलाई २० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो।

त्यस्तै,भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान १० हजार रुपैयाँ जरिवानासहित कारबाही गरिएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित इमरान रेडिमेडलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यी सबै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८ को 'घ' को उल्लङ्घन गरेको आधारमा कारबाही गरिएको विभागले जानकारी दिएको छ।

सोमबार, विभागले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न १५ वटा फर्ममा अनुगमन गरेको थियो। त्यसमध्ये ११ वटालाई सामान्य निर्देशन दिइ व्यवसायमा आवश्यक सुधार गर्न, कानुन परिपालना गर्न निर्देशन दिइएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको