Like us!
Follow us!
Connect us!
Watch us!

देशभरका भन्सार कर्मचारीले गरे पेन डाउन, जाँचपास सेवा ठप्प

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, १३ : ५६ मा प्रकाशित

देशभरका भन्सार कर्मचारीले गरे पेन डाउन, जाँचपास सेवा ठप्प

देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले कार्यालयमा पेन–डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् ।

मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ ले एजेन्टको पेशागत अधिकार र वैध व्यापार प्रक्रियामा थप जटिलता ल्याएका, अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार बढाएको भन्दै महासंघले आपत्ति जनाएको छ। कर्मचारीहरूले दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, युजर–आइडी व्यवस्थापन, इन–आउट नोट प्रणाली र मालवस्तु जाँचपासका अधिकारलाई इजाजत पाएका भन्सार एजेन्टमै सीमित गर्न माग राख्दै आएका थिए। उनीहरूले भन्सार स्वचालन प्रणालीमा दोहोरिने सर्भर समस्या, राजश्व भुक्तानीका जटिलता, क्वारेन्टाइन सम्बन्धी ढिलाइ तथा जाँचपासमा भइरहने अव्यवस्थाबारे भन्सार विभागलाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको आरोप लगाएका छन्।

आन्दोलनको शुरुआत आइतबार वीरगञ्ज भन्सारबाट भएको थियो। कर्मचारीहरूको पेन डाउनका कारण सोमबार भैरहवा भन्सार पूर्णरूपमा बन्द रह्यो भने मंगलबार देशभरका भन्सार कार्यालयमा सेवा स्थगित भएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको