Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार एजेन्ट र विभागबीच जुट्यो सहमति ,आन्दोलन स्थगित

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १६ : ३० मा प्रकाशित

भन्सार एजेन्ट र विभागबीच जुट्यो सहमति ,आन्दोलन स्थगित

मंगलबारदेखि आन्दोलित बनेका देशभरका भन्सार एजेन्टहरूको आन्दोलन स्थगित गरेका छन् । बुधवार भन्सार विभाग र एजेन्टहरुबीच भएको वार्तामा सहमती जुटेपछी एजेन्टहरूले आन्दोलनका कार्यक्रम फिर्ता गरेका हुन् ।

महासंघका अनुसार देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन लगायतका विरोध कार्यक्रम प्रति भन्सार विभाग र महासंघबीच बुधवार छलफल भएको थियो । उक्त छलफल सकारात्मक भएकाले पेन डाउन कार्यक्रम फिर्ता भएको उनले जानकारी दिए ।

भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको थिए । यस ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्‍याउने वातावरण सृजना भएको भन्दै आन्दोलन गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको