नेपाली बजारमा आज चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । आज सुन तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।
आज सुन तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी तोलाका ३ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस