फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले समिरन राईको नाममा रहेको ९७ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकेको छ । यसमा हाल कायम संस्थाका संस्थापक सेयरधनी व्यक्ति÷संस्थाले निवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस