सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको कार्यालयमा आईपिओ बाँडफाँड भएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको १० लाख सेयरमा २१ लाख ८ हजार ८२० कित्ताको लागि आबेदन परेको छ । जसमा २१ लाख ८ हजार १४० कित्ता योग्य आबेदन परेकोमा ६२ हजार ९४७ जनाले कम्पनीको सेयर पाएका छन् ।
हाइड्रोले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा १ अर्ब रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस