Like us!
Follow us!
Connect us!
Watch us!

स्वस्तिक लघुवित्तको सेयर मूल्यमा लगातार २१ दिन पनि सकारात्मक सर्किट

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १३ : १८ मा प्रकाशित

स्वस्तिक लघुवित्तको सेयर मूल्यमा लगातार २१ दिन पनि सकारात्मक सर्किट

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगातार २१ औँ दिन पनि सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबारमा आएदेखि नै यो कम्पनीको सेयर मूल्यमा लगातार रुपमा सकारात्मक सर्किट लागेको हो । 

कात्तिक २५ गतेदेखि कारोबार सुरु भएको यो कम्पनीको सेयर मूल्य त्यस पछि लगातार रुपमा सर्किट लागेर कारोबार भएको हो । यो २१ कारोबार दिनमा कम्पनीको सेयर मूल्य १ हजार ३५६ रुपैयाँ ७० पैसाले बढेको छ । पहिलो कारोबार ३९१ रुपैयाँ ७० पैसामा भएको यो कम्पनीको सेयर मूल्य आजको कारोबार समय जारी रहँदा १ हजार ७४८ रुपैयाँ ४० पैसा पुगेको छ । 

आज यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् १५८ रुपैयाँ ९० पैसाले बढेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको