Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली सेनामा रोजगारीको अबसर

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, १० : ५० मा प्रकाशित

नेपाली सेनामा रोजगारीको अबसर

नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आर्मीमा प्राविधिक, हवाई, विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूमा ३८८ जनाका लागि नयाँ भर्ना खुलाएको हो ।

सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ्ग, अन्य प्राविधिक, अन्य हवाई, लेखा, पुजारी, कर्मचारी समूहमा नयाँ भर्ना खुलाएको हो । यसमा आज मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

दरखास्त नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भर्याङ्ग, स्वयम्भुमा पेश गर्नु पर्नेछ । सम्बन्धित समूहहरूका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको