Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असाईमा आवेदन, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, १० : ५६ मा प्रकाशित

नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असाईमा आवेदन, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ४३८ जना प्रहरी सहायक निरीक्षक (असई) माग गर्दै नयाँ भर्ना खुलाएको छ । प्रहरीले खुलातर्फ १२ जना इन्स्पेक्टर र २३६ जना असई माग गरेको छ भने बाँकी समावेशी समूहतर्फबाट माग गरेको छ । इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

इन्स्पेक्टरका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ । शैक्षिक योग्यतातर्फ इन्स्पेक्टरका लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र असईतर्फ प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।
 

693ba4ce2e043.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको