नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन पनि रेकर्ड कायम गरेको चाँदीको मूल्य आज १०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम भएको हो । आज चाँदीको मूल्य तोलाको ३ हजार ९०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ८०५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस