चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ । निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार आएको हो ।
चालु आव कात्तिकमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको छ । गत आव कात्तिकसम्म शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव कात्तिकमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव २ अर्ब २६ करोडले बचतमा छ ।
चालु आव कात्तिकसम्म चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता चालु आव कात्तिकसम्म १ अर्ब ९९ करोडले बचतमा छ ।
गत कात्तिकसम्म खुद पूँजीगत ट्रान्स्फर ६ अर्ब २१ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर २ अर्ब ४७ करोड थियो । यसैगरी चालु आव चार महिनामा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आव सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७६ करोड थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस