Like us!
Follow us!
Connect us!
Watch us!

कीर्तिमानी मूल्यबाट घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड

अर्थ संसार

मंगलबार, ०१ पुस २०८२, १० : ४२ मा प्रकाशित

कीर्तिमानी मूल्यबाट घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड

मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य फेरि नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिन कीर्तिमान कायम गरेको सुनको मूल्य आज १ हजार ७०० रुपैयाँले घटेको हो भने चाँदी १५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६० हजार ७०० रुपैयाँले रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ३ हजार ८८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको