नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ७०० रुपैयाँ र चाँदी ७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च ४ हजार ५५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७० रुपैयाँले बढी हो । अघिल्लो दिन चाँदकिो मूल्य ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस