प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अस्पताल भर्ना भएका छन् । प्रहरी अनुसन्धान ब्यूरोले समातेर हिरासतमा रहेका उनीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । उनलाई बुधबार उपचारका लागि काठमाडौंको चिरायु अस्पताल पुर्याइएको अनुसन्धान ब्युरोले जनाएको छ ।
उनीसहित केही अन्य व्यक्ति विगत १९ दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नियन्त्रणमा छन् ।शेरचनमाथि बैंकिङ कसुरसम्बन्धी तीनवटा मुद्दामा अनुसन्धान जारी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस