अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी (डिभी) स्थगित गरेको छ । अमेरिकामा धेरै बसोबास नभएका देशका नागरिकहरुलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डीभी लटरी अस्थायी रूपमा बन्द गरिएको हो ।
ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो । होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवा कार्यक्रम रोक्न भनिएको दी गार्डियन अनलाइनमा संस्करणमा उल्लेख छ ।
ब्राउन युनिभर्सिटी र एमआईटी गोलीकाण्डका आरोपितलाई अमेरिका आउन अनुमति दिएको र यस्तो हिंस्रक व्यक्तिलाई अमेरिकामा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो भनी सचिव नोमले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेकी छिन् । गत महिना ट्रम्प प्रशासनले सन् २०२७ को चक्रका लागि डिभी लटरी प्रवेश प्रक्रिया परिमार्जन गर्ने योजना बनाएको घोषणा गरेको थियो । ती प्रस्तावित परिवर्तनहरूको विवरण अझै सार्वजनिक गरिएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस