युवा गायक राम ढुङ्गानाको ल्याउँछु सारेर बोलको गित सार्वजनिक भएको छ । गायक ढुङ्गाना र गायिका गंगा सोनमको स्वर रहेको छ । ‘ल्याउँछु सोरेर कहाँबाट पाउँछौ र यो दिल चोरेर’ थेगो रहेको गित निकै आकर्षक र उत्कृष्ट रहेको छ । गितको लिरिक्स राम ढुङ्गाना आफ्नै रहेको छ भने म्युजिक ढुङ्गाना र सुरेश सुन्दास (एस.के) को रहेको छ । राम कुमार नेपालीले एरेन्ज गरेको गितमा कुमार रानाको मिक्सिङ रहेको छ ।
मारुनि डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितमा जुना विश्वकर्मा र श्रवण पाख्रिनको अभिनय रहेको छ । म्युजिक भिडियोको सम्पादन नरोत्तम पाण्डेले गरेका छन् । ९ मिनेट ३९ सेकेण्डको गितमा माया प्रेमका कुरा समावेश गरिएको छ । युवा पस्तामाझ गितले राम्रो प्रभाव पार्ने विश्वास गायक ढुङ्गानाले दिएका छन् । निकै आकर्षक रुपमा रमणिय क्षेत्रमा खिचिएका दृश्यले गितलाई थप आकर्षक बनाएको छ । साझा चौतारी युटुब च्यानलबाट सार्वजनिक भएको गितमा सुरुकै दिन उत्साहजनक प्रतिकृयाहरु आइरहेको गायक ढुङ्गानाले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस