नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको मूल्य आज तोलामा ३ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी १३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । अघिल्लो दिन भने सुनको मूल्य तोलाको २ लाख ५८ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १३० रुपैयाँले बढेकार ४ हजार २३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस