Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्ट ग्रोथ भेन्चरको 'स्मार्ट फ्राइडे इन्साइट सिरिज' - लगानीकर्ताका लागि सिकाइको मञ्च

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, ११ : ०५ मा प्रकाशित

स्मार्ट ग्रोथ भेन्चरको 'स्मार्ट फ्राइडे इन्साइट सिरिज' - लगानीकर्ताका लागि सिकाइको मञ्च

नेपालको पुँजीबजारमा लगानीकर्ताको ज्ञान र समझ अभिवृद्धि गर्ने उद्देश्यका साथ स्मार्ट ग्रोथ भेन्चर प्रा.लि. ले नयाँ वर्ष २०२६ को अवसरमा ‘स्मार्ट फ्राइडे इन्साइट सिरिज’ सञ्चालनमा ल्याउने भएको छ। यो अनलाइन सिरिज शुक्रबार,२ जनवरी २०२६ (१८ पुस २०८२) देखि नियमित रूपमा सुरु हुनेछ।

सिरिज हरेक शुक्रबार साँझ ६:३० देखि ८:०० बजेसम्म आयोजना गरिनेछ। सहभागी लगानीकर्ताले गुगल मिट तथा युट्युब लाइभमार्फत देश–विदेशबाट प्रत्यक्ष सहभागिता जनाउन सक्नेछन्।

स्मार्ट फ्राइडे इन्साइट सिरिजको मुख्य उद्देश्य लगानीकर्तालाई पुँजीबजारका आधारभूत तथा व्यावहारिक विषयमा सचेत र शिक्षित बनाउनु रहेको छ। यसका साथै कार्यक्रमले ब्रोकर र लगानीकर्ताबीचको दूरी घटाउँदै आपसी बुझाइ र विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। कार्यक्रमको प्रमुख विशेषता प्रत्येक एपिसोडमा फरक–फरक ब्रोकर संस्थासँग प्रत्यक्ष संवादको व्यवस्था हुनु हो। यसमार्फत लगानीकर्ताले ब्रोकरको भूमिका, सेवा प्रक्रिया, जोखिम व्यवस्थापन, लगानीकर्ताका अधिकार, बजारका व्यवहारिक पक्ष तथा नियामकीय संरचनाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्।

स्मार्ट ग्रोथ भेन्चर प्रा.लि. का अनुसार यो पहल नेपालमा जिम्मेवार, सचेत तथा दीर्घकालीन सोच भएका लगानीकर्ता तयार पार्ने अभियानको एक हिस्सा हो। कार्यक्रम विशेषगरी नयाँ लगानीकर्ताहरू, पुँजीबजारमा सक्रिय भए पनि अझै स्पष्टता खोजिरहेका लगानीकर्ताहरू तथा दीर्घकालीन लगानीमा रुचि राख्ने व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ।

स्मार्टका एक प्रतिनिधिले भनेका छन्, 'सबल पुँजीबजारको आधार लगानीकर्ता शिक्षा हो। स्मार्ट फ्राइडे इन्साइट सिरिजमार्फत हामी सिकाइ, संवाद र विश्वासको साझा मञ्च निर्माण गर्न चाहन्छौं।'

हाल कार्यक्रमका लागि सहभागी दर्ता खुला गरिएको छ। नयाँ वर्षको सुरुवातसँगै लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्न चाहने सबै लगानीकर्तालाई समयमै दर्ता गर्न आयोजकले आग्रह गरेका छन्। हाल कार्यक्रममा सहभागिताका लागि दर्ता खुला गरिएको छ। नयाँ वर्षको सुरुवातसँगै लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्न चाहने सबै लगानीकर्तालाई कार्यक्रममा सहभागी हुन अनिवार्य रूपमा दर्ता गर्नुपर्ने भएकाले समयमै दर्ता गर्न आयोजकले आग्रह गरेका छन्।

दर्ता https://forms.gle/WDvF1Yn7P1VGnXWd8  मा गएर गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको