Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा रेकर्ड भन्ने क्रम जारी, सुन एकै दिन ५५ सयले बढ्यो

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, १० : ५४ मा प्रकाशित

सुनचाँदीको मूल्यमा रेकर्ड भन्ने क्रम जारी, सुन एकै दिन ५५ सयले बढ्यो

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि कीर्तिमान कायम भएको सुनचाँदीको मूल्यमा आज पनि निरन्तर्ता पाएको हो । 

आज सुनको मूल्य तोलाको ५ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको