Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा कीर्तिमान कायम हुने क्रम जारी, कति पुग्यो तोलाको ?

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, १० : ४६ मा प्रकाशित

सुनचाँदीको मूल्यमा कीर्तिमान कायम हुने क्रम जारी, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि कीर्तिमान कायम गरेको सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो । 

आज सुन तोलामा ९० रुपैयाँ र चाँदी १६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको