Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक

अर्थ संसार

शुक्रबार, ११ पुस २०८२, १० : ५० मा प्रकाशित

सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक

शुक्रबार नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको सुनचाँदीको मूल्य आज फेरि बढेको हो । 

आज सुन तोलाको १ हजार ८०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य १६५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको