Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ्गको आईपीओमा ३३ गुणाबढी आवेदन

अर्थ संसार

शनिबार, १२ पुस २०८२, ०८ : २५ मा प्रकाशित

रिलायन्स स्पिनिङ्गको आईपीओमा ३३ गुणाबढी आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा करिब ३३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ३२.९८ गुणा बढीको आवेदन परेको हो ।

शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि अर्थात् २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको आवेदन परेको सिडीएससीले जनाएको छ । बैंकहरुमा भौतिक रुपमा आएको आवेदनहरुलाई आज रातिसम्म नै इन्ट्री गर्न सकिने भएकोले आवेदकको संख्या अझै बढ्न सक्छ । कम्पनीले पुस ७ गतेदेखि आज पुस ११ गतेसम्मको अवधि तोकेर आम सर्वसाधारणलाई ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको थियो ।

बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । खुलेको ४० मिनेटमै कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको थियो । कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको