Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरले बोलायो साधारणसभा, सेयरधनीको हात खाली

अर्थ संसार

शुक्रबार, ११ पुस २०८२, ०८ : ४२ मा प्रकाशित

बलेफी हाइड्रोपावरले बोलायो साधारणसभा, सेयरधनीको हात खाली

बलेफी हाइड्रोपावर लिमिटेडले साभारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले यहि पुस २९ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको हो । 

सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीले आफ्ना सेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, सञ्चालक समितिको बैठक भत्ता तोक्ने, सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने र हकप्रद शेयर निष्कासनको प्रस्ताव तय गरिएका छन् । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १४ गते बूक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा पुस १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै सहभागी हुन पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको