बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन करिब ७६ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७५ खर्ब ७६ अर्ब पुगेको हो ।
उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको हो । कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुको मात्रै ६८ खर्ब २१ अर्ब पुगेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा यो अवधिमा ७ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा भने निकै न्यून रहेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो समय कर्जा प्रवाहमा वृद्धि हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुमा अधिकक तरलताको अवस्था रहेको छ । जसले गर्दा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट नियमित रुपमा रकम प्रशोचन गर्दै आएको छ ।
कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुले ५० खर्ब ५१ अर्ब रुपैयाँ लोन प्रवाह गरेका छन् । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुल्े ६ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो समय बैंकहरुमा अधिक तरलता हुँदा सीडी रेसियो समेत घट्दै गएको छ । हाल बैंकहरुको औषत सीडी रेसियो ७४.१२ प्रतिशत रहेको छ । पछिल्लो समय अन्तर बैंक ब्याजदर पनि घटेर २.७५ प्रतिशतमा सिमित भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस