Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, १० : २६ मा प्रकाशित

समता घरेलु लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ३ करोड ३१ लाख ७ हजार ९७७.०९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको