यो साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २६१५.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.१२ प्रतिशत अर्थात २९.१६ अंक घटेर २५८५.८७ विन्दुमा झरेको हो ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने २ कारोबार दिन दोहोरो अंकले घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ८७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५.१७ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५.४० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २३.८९ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ४८ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ४१ अर्ब रुपैयाँमा सीमित भएको छ। यो साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४४ प्रतिशत बढेको छ । गत साता २०.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.०९ अंक बढेर २०.३३ विन्दुमा पुगेको छ ।
यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत घटेको छ । गत साता १३ हजार २७०.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४४६.१० अंक घटेर १२ हजार ८२४.५९ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस साता सबैभन्दा कम ०.०५ प्रतिशत घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस