Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्टको लाभांश घोषणा, बाेनस र नगद कति ?

अर्थ संसार

शनिबार, १२ पुस २०८२, ०८ : ०३ मा प्रकाशित

हिमालयन एभरेष्टको लाभांश घोषणा, बाेनस र नगद कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट नगद लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

कम्पनीको पुस ११ गते दिउँसो ३ः०० बजे बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २,५०,०१,५७,४०० (दुई अर्ब पचास करोड एक लाख सन्ताउन्न हजार चार सय) को ८ प्रतिशतका दरले रु २०,००,१२,५९२ (बिस करोड बाह्र हजार पाँच सय बयानब्बे रुपैयाँ) लाभांशमा लाग्ने कर समेतका लागि नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

साथै, प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने कम्पनीले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको