Like us!
Follow us!
Connect us!
Watch us!

नागरिकता नियमावली चौथो पटक संशोधन, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

अर्थ संसार

शुक्रबार, ११ पुस २०८२, २० : ०४ मा प्रकाशित

नागरिकता नियमावली चौथो पटक संशोधन, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

सरकारले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले गृहमन्त्रालय अन्र्तगतका निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, सरकारले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकहरुले नेपाल आएको बखत रेसिडेन्सि कार्डको सक्कल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रमस्वीकृति दिन स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।

नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारवीच जापान इन्टरन्यासनल ट्रेडिङ कोअप्रेशन अर्गनाइजेसन जितको अन्र्तगत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्वन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय समेत भएको प्रवक्ता खरेल बताए ।


 

694e99c3cda5c.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको