Like us!
Follow us!
Connect us!
Watch us!

२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक,क-कसले भर्न पाउँछन् ?

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १० : ५१ मा प्रकाशित

२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक,क-कसले भर्न पाउँछन् ?

नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गर्न लागेको हो। यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। ऋणपत्रका लागि आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ। जसको आधारमा ब्याजदर निर्धारण गरिनेछ। यो एक वर्षे अवधिको ऋणपत्र हो।

यसको साँव भुक्तानी २०८३ पुस १४ गते गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने व्यवस्था छ। ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी बोलपत्र पेस गर्न सकिनेछ।

उक्त ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको