Like us!
Follow us!
Connect us!
Watch us!

नोबेल कलेजले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १५ : १२ मा प्रकाशित

नोबेल कलेजले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौंस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन कार्यका लागि सेयर निष्कासन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको यस नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ । फ्रन्टलाइन ब्राण्डको नामबाट काठमाण्डौंको पुरानो बानेश्वरमा संचालित यस अस्पतालको हालको क्षमता १०० शैया रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको चरणमा रहेको थप २०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइने अस्पतालका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी गराए ।

अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी नसिंङ तथा फार्मेसी लगाएतका शैक्षिक गतिविधीहरु पनि संचालन गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

आज भएको सो सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको